नेपालबाट ४० मेगावाट बिजुली किन्न बंगलादेश सहमत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपालबाट ४० मेगावाट बिजुली किन्न बंगलादेश सहमत


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ । सोमबार दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बङ्गलादेशले खरिद गर्ने सहमति भएको हो ।

दुई देश बीच विद्युत् व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ । ४० मेगावाट बिजुली परीक्षण स्वरूप लैजाने सहमति गत वर्ष भदौ मै नेपाल र बंगलादेश बीच भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस