इन्डियन प्रिमियर लिग : मुम्बईमाथि लखनउको रोमाञ्चक जित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इन्डियन प्रिमियर लिग : मुम्बईमाथि लखनउको रोमाञ्चक जित


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्समाथि रोमाञ्चक जित हात पार्न सफल भएको छ ।

मंगलबार राति लखनउको घरेलु मैदान कना क्रिकेट स्टेडियममा भएको खेलमा लखनउले मुम्बई माथि पाँच रनको रोमाञ्चक जित हात पारेको थियो ।

लखनउले जितका लागि दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन मात्र बनाएको थियो ।

मुम्बईका लागि ओपनर इशन किसनले ३९ बलमा सर्वाधिक ५९ रन बनाएका थिए । कप्तान रोहित शर्माले ३७ रन जोड्दा टिम डेविडले अविजित ३२ रन बनाए ।

मुम्बईलाई ओपनरद्वय रोहित शर्मा र ईशानले पहिलो विकेटका लागि ५८ बलमा ९० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । कप्तान शर्मा २५ बलमा १ चौका र ३ छक्कासहित ३७ रनमा आउट भए ।

लखनउका यश ठाकुर र रवि बिश्नोइले २र२ तथा मोहसिन खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले स्टोइनिसको आक्रामक ब्याटिङमा तीन विकेट गुमाएर १७७ रन बनाएको थियो । स्टोनइसले ४७ बल खेल्दै अविजित ८९ रन बनाए । उनले ४ चौका र ८ छक्का प्रहार गरे ।

यस्तै रिटार्ट हर्ट हुनुअघि कप्तान क्रुनल पाण्ड्याले ४२ बलमा ४९ रन बनाए । स्टोइनिस र क्रुनल मिलेर चौथो विकेटका लागि ८२ रनको साझेदारी गरे । क्वेन्टन डे ककले १६ रन बनाए । मुम्बईका जासोन बेहरनडोर्फले दुई तथा पियुष चावलाले एक विकेट लिए ।

जितपछि १३ खेलबाट १५ अङ्क जोडेको लखनउ मुम्बईलाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ र प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । चेन्नाइको पनि समान १५ अङ्क भए पनि नेट रनरेटमा लखनउ पछि छ । मुम्बई १५ खेलबाट १४ अङ्कसहित चौथो स्थानमा झरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस