१० घण्टामा सकियो पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

१० घण्टामा सकियो पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान 


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान सकिएको छ।

मङ्गलवार सरकारी वकिल कार्यालय काठमाडौँमा सरकारी वकिलको रोहबरमा प्रहरीले उनको बयान लिएको हो। उनको बयान राति साढे ९ बजे सकिएको कार्यालयले जनाएको छ । 

बयान मङ्गलवार बिहान साढे ११ बजेदेखि सुरु भएको थियो। त्यस बेलादेखि सुरु भएको बयान नरोकी बेलुकी साढे ९ बजेसम्म भएको हो।

खाँणको बयान प्रहरीले सोमबार नै सुरु गरेको थियो। तर अस्वस्थ भएको भन्दै डेढ घण्टा मात्रै बयान भएको थियो। उनको बयान नभए पनि यस प्रकरणमा पक्राउ परेका नेकपा एमाले सांसद टोपबहादुर रायमाझीको बयान प्रहरीले सोमबार लिएको थियो।

प्रहरीले रायमाझीको बयान साढे ५ घण्टा लिएको थियो। प्रहरीले यस प्रकरणमा १४ जनालाई पक्राउ गरेको छ। अब सोमबार राति पक्राउ परेका पूर्वसभासद आङटावा शेर्पाको बयान लिन बाँकी छ। उनको बयान बुधबार लिने तयारी छ।

प्रहरीले यस प्रकरणको अनुसन्धान सङ्गठित अपराध कसूरमा गरिरहेको छ। चैत १२ गतेदेखि सुरु भएको अनुसन्धान ६० दिनभित्र मुद्दा अदालतमा दर्ता गर्नुपर्ने प्रावधान छ। अबको एक हप्तामा प्रहरीले अनुसन्धान सकेर मुद्दा दर्ता गर्नुपर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस