वैदेशिक रोजगार विभागको महानिर्देशकमा दहाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वैदेशिक रोजगार विभागको महानिर्देशकमा दहाल


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । वैदेशिक रोजगार विभागको महानिर्देशकमा मदन दहाल नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णय अनुसार मङ्गलवार मन्त्रालयका सहसचिव दहाललाई विभागमा पठाउने निर्णय गरेको हो । 

राजश्व अनुसन्धान विभागको महानिर्देशक पछि श्रम मन्त्रालयमा सरुवा भई आएका दहालले नेपाल इन्भेष्टमेन्ट बैंकको अरबौँ कर छलीको अनुसन्धान अघि बढाएसँगै चर्चा पाएका थिए । मुख्य व्यक्तिहरूको मात्र बयान लिन बाँकी छँदा उनकै सरुवा भएको थियो । यसपछि केही समय मन्त्रालय बसेका दहाललाई मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार विभागमा पठाएका हुन्। 

दाहाललाई महानिर्देशक बनाइ पठाइएसँगै त्यहाँका महानिर्देशक उमाकान्त आचार्यलाई मन्त्रालय ल्याइएको छ । आचार्यले ९ महिना विभागीय प्रमुख भएर काम गरे । 

पछिल्लो समय मन्त्रालय तथा मातहतका निकायहरूबाट दिइने सेवाहरूमा व्यापक सुधार देखिएको छ । नीतिगत निर्णयहरूसँगै सेवालाई प्रविधिसँग जोड्ने सचिव एकनारायण अर्यालको प्रयासले कुनै समय कार्यालयको नाम सुन्दै नाक खुम्च्याउनु पर्ने अवस्थाको त अन्त्य भएको छ नै, हिजोकै जस्तो दैनिक कुटाकुट र ‘लुट’को अवस्था पनि धेरै हदसम्म नियन्त्रणमा आएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस