सम्पत्ति शुद्धीकरण र टिआरसी टुङ्ग्याउन उपसमिति बनाउने निर्णय « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सम्पत्ति शुद्धीकरण र टिआरसी टुङ्ग्याउन उपसमिति बनाउने निर्णय


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । कानुन न्याय तथा मानवअधिकार समितिले सम्पत्ति शुद्धीकरणसम्बन्धी र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउन उपसमिति गठन गर्ने निर्णय गरेको छ।

काँग्रेस सभापति शेरबहादुर देउवाले ज्येष्ठ सदस्यका हैसियतमा अध्यक्षता गरेको समिति बैठकले दुईवटा उपसमिति बनाउने निर्णय गरेको हो। उपसमिति गठन बिहीबार बिहान साढे ८ बजे बस्ने अर्को बैठकबाट हुनेछ।

उक्त बैठकले समितिको कार्यविधि तय गर्ने एक सदस्यलेले जानकारी दिए। उनकाअनुसार समितिको कार्यक्षेत्रको विषयमा पनि छलफल हुनेछ।

यस्तै ज्येष्ठ सदस्यको हैसियतमा समितिको पहिलो बैठक सञ्चालन गरेका देउवाले समिति सभापति बन्न अनिच्छा देखाएका थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस