सवारी दुर्घटना घटाउन डिजिटल बोर्ड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सवारी दुर्घटना घटाउन डिजिटल बोर्ड


२ जेष्ठ २०८०, मंगलबार


दाङ । सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा डिजिटल बोर्ड राखिएको छ ।

ट्राफिक नियमको पालना गराउन र यससम्बन्धी थप जानकारी गराउने उद्देश्यले तुलसीपुर बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल बोर्ड राखिएको हो ।

डिजिटल बोर्ड उद्घाटनमा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले यी बोर्डले दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्‍याउने भन्दै ट्राफिक चेतनाबारे सबैमा जानकारी हुनुपर्ने बताए ।

यस्तै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले अस्वस्थ प्रतिस्पर्धा र तीव्र गतिका कारण धेरै दुर्घटना हुने गरेको जानकारी गराए ।

उनले दुर्घटना न्यूनीकरणका लागि आम नागरिकमा ट्राफिक नियमबारे जानकारी गराउनुपर्नेमा जोड दिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ र तुलसीपुरका युवा व्यवसायी विनिल केसीले डिजिटल बोर्ड राख्नका लागि आर्थिक सहयोग उपलब्ध गराएका थिए ।

कार्यक्रममा राष्ट्रिय यातायात महासङ्घका सल्लाहकार सुरेश हमालले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायी, मजदुर र ट्राफिक प्रहरीबीच नङ र मासुको सम्बन्ध हुनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस