नेपाल प्रहरीको भर्ती जिल्लाबाटै गर्ने व्यवस्था गर्न माग  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाल प्रहरीको भर्ती जिल्लाबाटै गर्ने व्यवस्था गर्न माग 


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरीको भर्ती जिल्लाबाटै गर्ने व्यवस्था गर्न माग गरेका छन् । 

मङ्गलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले प्रहरीको भर्तीका लागि अन्तर्वार्ता काठमाडौँमा गर्नेगरी बोलाइएको भन्दै आपत्ति जनाएका हुन् । 

केही दिनपछि हुने प्रहरी जवानको अन्तर्वार्ताका लागि काठमाडौँ बोलाइनुको औचित्य सरकारले पुष्टि गर्नुपर्ने उनको भनाइ छ । दुर्गम जिल्लाबाट आउने नागरिकलाई ऋणको भारी बोकाउनु नहुने सांसद बडूको भनाइ छ ।

‘अब दुई, तीन दिनपछि नेपाल प्रहरीको भर्तीका लागि अन्तर्वार्ता भइरहेको छ । प्रहरी जवानहरूको पनि छनोट हुने गर्छ, कार्यालय सहयोगीदेखि लिएर सानो पोस्टको अन्तर्वार्ता भइरहेको छ, त्यसले ठूलो भीड काठमाडौँमा भइरहेको छ, प्रहरी जवानको भर्ना जिल्ला जिल्लामा गर्नुपर्छ, अहिलेसम्म उनीहरूले प्रदेशमा गरेर आफ्नो आफ्नो तर अन्तर्वार्ताका लागि काठमाडौँ सबैलाई बोलाइयो । पहिला त हाम्रो जस्तो दुर्गम जिल्लाहरू सदरमुकाममा आउँदा त ऋण निकालेर आउँछन्, ठूलो बोझ पर्छ आर्थिक रूपमा अन्तर्वार्ताका लागि काठमाडौं बोलाउने कुरा अब हुनु हुँदैन,उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस