अवैध चन्दा उठाउने दुई जना पक्राउ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अवैध चन्दा उठाउने दुई जना पक्राउ


२ जेष्ठ २०८०, मंगलबार


पक्राउ

काठमाडौँ । काठमाडौँका विभिन्न ठाउँमा अवैध रूपमा चन्दा उठाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विभिन्न कलेज, विद्यालय, व्यापारी र कम्पनीहरूसँग चन्दा उठाउनेलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बैतडीका ४२ वर्षीय अमृत कार्की र सल्यानका ३२ वर्षीय डिबी चन्द छन्।

कार्कीले आफूलाई अखिल नेपाल ट्रेड युनियन मजदुर सङ्घको केन्द्रीय सदस्य बताउने गरेका थिए भने चन्दले आफू अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य भएको भन्ने गरेका थिए।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस