संसदीय समिति सञ्चालन गर्न आचारसंहिता बनाउनुपर्छ : गगन थापा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संसदीय समिति सञ्चालन गर्न आचारसंहिता बनाउनुपर्छ : गगन थापा


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले समिति सञ्चालनका लागि आचारसंहिता बनाउनुपर्ने जिकिर गरेका छन् ।

मङ्गलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । थापाले समितिमा विधेयकको छलफलका लागि कार्यतालिका बनाएर अघि बढ्न सुझाव समेत दिए ।

महामन्त्री थापाले समिति सचिव र सभापतिबीच छलफल भइसकेपछि समितिको बैठक बोलाइहाल्ने परम्परा रहेको छ । तर समितिको बैठक कति समयअघि बोलाउने र विषय वस्तुहरू कस्ता राख्ने भन्नेबारेमा आचारसंहिता बनाएर अघि बढ्न जरुरी छ ।

समितिको बैठक आकस्मिक समय बाहेक अन्य समयमा बोलाउन निश्चित समय अवधि तोक्नुपर्ने उनले बताए ।

समितिको विषयवस्तु छनोटको बारेमा पनि सोच्न जरुरी रहेको र समितिको बैठकमा प्रयोग हुने भाषाका सन्दर्भमा पनि आचारसंहितामा राख्न आवश्यक रहेको उनले भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस