घटेर आयो पेट्रोलियम पदार्थको मूल्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

घटेर आयो पेट्रोलियम पदार्थको मूल्य


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

अघिल्लो पटकको मूल्यभन्दा पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसाका दरले घटेर मूल्य सूची आएको निगमले जनाएको छ ।

आईओसीले निगमलाई १५-१५ दिनमा अर्थात् अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्य सूची पठाउँछ । सोअनुसार आईओसीले १५ दिनअघिको तुलनामा मङ्गलवार पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । आईओसीले आफ्नो लागत तथा कच्चा तेलको मूल्यका आधारमा नयाँ मूल्य सूची पठाउँछ ।

सो अनुसार निगमले नेपालमा पनि मूल्य समायोजन गर्नुपर्नेमा सञ्चिति नोक्सान देखाउँदै निगमले मूल्य समायोजन गरेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस