अर्थमन्त्रीसँग छलफल गर्दै अर्थ समिति « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

अर्थमन्त्रीसँग छलफल गर्दै अर्थ समिति


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गर्ने भएको छ ।

समितिले अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा अर्थमन्त्रीसँग छलफल गर्ने भएको हो ।

मङ्गलवार सिंहदरवारमा बसेको समिति बैठकबाट अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीसँग छलफल गर्ने निर्णय गरिएको एक सदस्यले बताए ।

यस्तै, अर्थतन्त्रका विषयमा सरोकारवालासँग छलफल गरी बजेट निर्माणमा सहयोग गर्ने निर्णय पनि समितिले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस