खाँणले आफूलाई निर्दोष साबित गर्छु भनेकाले पार्टी कुनै निष्कर्षमा पुगेन : डा. महत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

खाँणले आफूलाई निर्दोष साबित गर्छु भनेकाले पार्टी कुनै निष्कर्षमा पुगेन : डा. महत


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरण गम्भीर विषय भएको बताएका छन् । मङ्गलवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले यो प्रकरणलाई पार्टीले गम्भीरताका साथ लिएको बताए ।

उनले आरोपितमा पूर्वगृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाँण पनि रहेको भन्दै निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिए । खाँणले आफूलाई निर्दोष साबित गर्ने बताएको उनले जानकारी दिए ।

“नक्कली शरणार्थी गम्भीर विषय हो । पार्टीले गम्भीरताका साथ लिएको छ । आरोपित व्यक्तिमा पार्टीका बालकृष्ण पनि हुनुहुन्छ । अनुसन्धान जारी छ,” उनले भने, “उहाँले निर्दोष छु साबित गर्छु भन्नुभएको छ । अनुसन्धान निष्पक्ष हुनुपर्‍यो । त्यसमा पूर्ण सहयोग गर्छौँ । दोषी नउम्किउन्, निर्दोष नफसुन् ।”

खाँणले आफूलाई निर्दोष साबित गर्छु भनेकाले पार्टी कुनै निष्कर्षमा नपुगेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस