भुटानी शरणार्थी प्रकरणमा आरजु र मञ्जुको नाम मुछिएकोप्रति काँग्रेसको आपत्ति « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भुटानी शरणार्थी प्रकरणमा आरजु र मञ्जुको नाम मुछिएकोप्रति काँग्रेसको आपत्ति


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवा र मञ्जु खाँणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको प्रति काँग्रेसले आपत्ति जनाएको छ ।

मङ्गलवार काँग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता डा. प्रकाशसण महतलाई पार्टी केन्द्रीय सदस्य र सांसदसमेत रहेकी मञ्जु खाँणको अवस्था के हो ? भनी सोधिएको प्रश्नमा उनले भने, ‘को कहाँ छन्, कहाँ गए, के गरे भनेर पार्टीले फलो गर्ने कुरा भएन । उहाँहरूमाथि मिडिया ट्रायल भइराख्या छ । डा. आरजु आफैँले प्रतिरक्षा गरिराख्नुभएको छ । न उहाँ आरोपित हो भनी प्रमाणित नै भएको छ ।’

उनले आरजु र मञ्जुको बारेमा बोलिएको अडियो नक्कली भएको समेत दाबी गरे ।

डा. महतले भने, ‘यस्तो आयो भनेर सामाजिक सञ्जालमा र मिडिया ट्रायल गरेर दोषी हो भन्नु भएन । यसमा काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । आरजु आफैँले साइबर ब्युरोमा नक्कली हो भनेर निवेदन दिनुभएको छ । छानबिन होस् भन्नुभएको छ । पहिल्यै यस्तो उस्तो भनेर सामाजिक सञ्जाल लगायत मिडियामा दोषी जसरी प्रस्तुत गर्नु राम्रो कुरा भएन । यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ। हामीलाई पूरा विश्वास छ । अडियो प्रकरण झूटो र नक्कली हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस