काठमाडौँ । ललितपुर महानगरपालिकाले घरको गेट सडकतिर फर्काएर नखोल्न निर्देशन दिएको छ ।
महानगरले घरको गेट सार्वजनिक जग्गासमेत अतिक्रमण गरी सडकतर्फ खोल्ने गरेको पाइएको भन्दै त्यसो नगर्न आग्रह गरेको हो ।
सार्वजनिक सूचना जारी गर्दै महानगरले सडकतर्फ गेट खोल्दा सर्वसाधारणलाई हिँड्न अवरोध हुने भएकोले ३५ दिनभित्र सुधार गर्न निर्देशनसमेत दिएको छ ।
यद्यपि तोकिएको तिमिभित्र यसरी गेट खोलेको पाइएमा कानुनी कारबाही हुने महानगरले चेतावनीसमेत दिएको छ ।