अमेरिकामा रहेका नेपालीले भ्रष्टाचार आरोप लागेकालाई सार्वजनिक रूपमा बहिस्कार गर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अमेरिकामा रहेका नेपालीले भ्रष्टाचार आरोप लागेकालाई सार्वजनिक रूपमा बहिस्कार गर्ने


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नेपालमा भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरूलाई अमेरिकामा रहेका नेपालीहरूले सार्वजनिक रूपमा बहिस्कार गर्ने निर्णय गरेका छन् ।

प्रवासी नेपाली एकता मञ्च नेपालले न्यूयोर्कमा पत्रकार सम्मेलन गरी यस्तो निर्णय गरेको हो । नेपालमा पछिल्लो समय बाहिरिएको नक्कली भुटानी शरणार्थी प्रकरणले उच्च तहको सङ्गठित अपराधको पर्दाफास भएको भन्दै अब नागरिक तहबाट भ्रष्टाचारीहरूलाई बहिस्कार गर्नु पर्ने बताएको छ ।

मञ्चका अध्यक्ष शङ्कर पन्तले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अहिले नेपालमा उदांगिएको नक्कली भुटानी शरणार्थी प्रकरणले भ्रष्टाचार अर्थात् आर्थिक अपराध कतिसम्म संस्थागत छ भन्ने कुरा मात्र होइन देशको स्वाभिमान र शीरसमेत नहुर्‍याएको छ । निश्चय पनि संस्थागत भ्रष्टाचारलाई अन्त्य गर्न धेरै चुनौतीहरूको सामना गर्नु पर्छ । तर पनि यो सरकार र खासमा गृहमन्त्रीले लिनुभएको सुरुवाती पहलप्रति हामी सम्मान व्यक्त गर्दछौ ।’

Tags :
प्रतिक्रिया दिनुहोस