ए डिभिजन लिग : आज तीन खेल हुँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ए डिभिजन लिग : आज तीन खेल हुँदै


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज (मंगलबार)तीन खेल हुँदैछ।

च्यासल मैदानमा दिउँसो ३ बजे शुरु हुने खेलमा विभागीय टोली नेपाल पुलिस र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

पुलिस १७ खेलबाट १९ अङ्क जोडेर १३औँ स्थानमा छ भने एपीएफ समान खेलबाट २२ अङ्कसहित दशौँ स्थानमा रहेको छ ।

यस्तै, दिउँसो ३ बजे नै दशरथ रङ्गशालामा हुने खेलमा थ्रीस्टार र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ।

१७ खेल खेलेको थ्रीस्टार २५ अङ्कसहित पाँचौ स्थानमा हुँदा समान खेलबाट २४ अङ्क जोडेको आर्मी छैटौँ स्थानमा रहेको छ। यस्तै दशरथ रङ्गशालामा साँझ ६ बजे सातदोबाटो र चर्च ब्वाइज युनाइटेड क्लबबीच प्रतिस्पर्धा हुँदैछ। चर्च ब्वाइज १७ खेलबाट ३० अङ्कसहित तालिकाको दोस्रो स्थानमा र सातदोबाटो समान खेलबाट २६ अङ्कसहित चौथो स्थानमा छ।

लिगमा १८ खेल खेलेको जावलाखेल युथ ३१ अङ्कसहित शीर्ष स्थानमा छ।

Tags :
प्रतिक्रिया दिनुहोस