दैलेखमा चट्याङ लागेर एकै परिवारका ४ जना घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दैलेखमा चट्याङ लागेर एकै परिवारका ४ जना घाइते


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।

गएराति करिब साढे १० बजेतिर चट्याङ लाग्दा डुंगेश्वर गाउँपालिका-२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

उनीहरु घरभित्रै सुतिरहेका बेला चट्याङ लागेको थियो । घाइते भएकाहरुको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस