पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षा, तराइमा हावाहुरीको सम्भावना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षा, तराइमा हावाहुरीको सम्भावना


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभावले गर्दा हाल गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

यस्तै, राति भने कोशी प्रदेशका एक दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस