पर्यटकीय ताल निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अघि बढाइने « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

पर्यटकीय ताल निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अघि बढाइने


१ जेष्ठ २०८०, सोमबार


मकवानपुर । बागमती प्रदेश सरकारले दोलखाको जिरीमा पर्यटकीय ताल निर्माणका लागि ७७५ रोपनी जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

जिरी नगरपालिकाको वडा नं. ५ मा प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण गरिने ताल निर्माणका लागि उक्त निर्णय गरिएको सरकारको प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

साथै सरकारी कामकाजको भाषासम्बन्धी विधेयक मस्यौदाको तयारीका लागि सैद्धान्तिक स्वीकृति दिने समेत सरकारले निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस