सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई पक्राउ


१ जेष्ठ २०८०, सोमबार


मनहरी । काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पनौती नगरपालिका-७ स्थित पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी ३३ लाख लिएर फरार भएकालाई मकवानपुरको इन्द्र सरोवर गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गएको वैशाख १७ गते सहकारीबाट ३३ लाख चोरी गरी फरार भएका मकवानपुरको इन्द्र सरोवर-५ बस्ने ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकबर लामालाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

उनीहरूको साथबाट नगद पाँच लाख ४५ हजार, एक नाले भरुवा बन्दुक र रडसमेत बरामद गरिएको कार्कीले बताए । उनीहरूलाई जिल्ल प्रहरी कार्यालय काभ्रेमा पठाइएको प्रवक्ता उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस