रघुजी पन्त भन्छन् : नेपालमाथि भारतले ‘प्रेसर डिम्पलोमेसी’को नीति लियो « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

रघुजी पन्त भन्छन् : नेपालमाथि भारतले ‘प्रेसर डिम्पलोमेसी’को नीति लियो


१ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । एमाले सांसद रघुजी पन्तले भारतले नेपालमाथि ‘प्रेसर डिम्पलोमेसी’को नीति अख्तियार गरेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता पन्तले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणपछि धकेलेर भारतले नेपाली जनताले हटाएका पूर्व राजालाई बोलाएर स्वागत गरेको भन्दै त्यसतर्फ सरकारले सोच्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो प्रधानमन्त्री भारत जान्छु भन्नुहुन्छ । भारत भ्रमण सरेको सर्यै छ । फेरि कहिले हुने हो थाहा छैन । तर नेपालको प्रधानमन्त्रीलाई भारत आउन नदिएर पखाई राख्दाखेरि पूर्व राजालाई उत्तर प्रदेशमा स्वागत गरिएको छ । प्रेसर डिप्लोमेसी । यो विश्व कूटनीतिमा चलनचल्तीमा रहेको छ । के मेरो एजेण्डा गर्छौ ? तिमिले बोकेर आउने एजेन्डामा त्यो विषय कार्यसूचीमा पर्छ कि पर्दैन ? अनि मात्र भारतमा तिमीलाई स्वागत गर्छु भनेर त्यसको सट्टा दबाब दिन राजालाई भारत बोलाइयो ।’

उनले प्रेसर डिप्लोमेसिमा नेपालको सरकार पर्न नहुने भन्दै नेपाल आजसम्म पराधीन नभएको बताए । नेता पन्तले मुलुकको परराष्ट्र नीति सन्तुलित हुनुपर्ने भन्दै नेपालको हितमा प्रधानमन्त्रीको भारत भ्रमण हुनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस