२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफूले लगाएको पहिरनमाथि भएको टिप्पणीबारे रास्वपा सांसद श्रेष्ठको आपत्ति

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसद् बैठकमा आफूले लगाएको पहिरनमा भएको टिप्पणीबारे आपत्ति जनाएकी छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद श्रेष्ठले आफूहरू सही बाटोमा भएकाले पहिरनबारे टिप्पणी नगर्न चेतावनी दिएकी छन्।

उनले भनिन्, ‘हरेक सामाजिक परिवर्तनको सुरुवात सत्तामा रहेका शासकहरूले परिवर्तनको मसाल बोक्नेहरूलाई दबाएर सुरु हुन्छ। त्यसपछि व्यक्तिगत आक्रमण र नाना थरी नाम बोलाउने, देखावटी प्रगतिशील उदारवादी शब्दहरू प्रयोग गरेर समाजलाई विचलित गरिन्छ। बच्चा बनेर लेबल लगाएका र टिसर्ट र जिन्स लगाएकोमा अमर्यादित भनेर खिल्ली उडाइएका सबैलाई विश्वस्त पार्न चाहन्छु-हामी सही बाटोमा छौँ। चाकडी बाजबाट टाढिएर पहिरनमा होइन कर्तव्य र जिम्मेवारीमा मर्यादा खोजेर जबाफदेहिताको प्रस्ट प्रश्न सोधेर अगाडि बढेका नयाँ पुस्तामाथि यो रणनीतिक हमला हो। यसको रास्वपा विरोध गर्छ ।’

केही दिन अगाडि संसद् बैठकमा टिसर्ट र पाइन्ट लगाएको विषयमा आलोचना भएपछि उनले चाकडी बाजबाट टाढिएर पहिरनमा होइन कर्तव्य र जिम्मेवारीमा मर्यादा खोजेर जबाफदेहिताको प्रस्ट प्रश्न सोधेर अगाडि बढेका नयाँ पुस्तामाथि यो रणनीतिक हमला भएको टिप्पणी गरिन्।

सांसद श्रेष्ठले नयाँ पुस्ताले देखिने गरी प्रतिनिधित्व गर्ने भएकाले आफूहरूलाई कसैले पनि रोक्न नसक्ने चेतावनी दिइन्।

उनले भनिन्, ‘सचेत रहनुहोस्। तपाईँ हामीलाई रोक्न सक्नुहुन्न। सक्दै त सक्नुहुन्न। जवाफ माग्न छोड्ने छैनौँ। नयाँ पुस्ताको देखिने गरी प्रतिनिधित्व गर्न छोड्ने छैनौँ ।’

प्रतिक्रिया दिनुहोस