‘भ्रष्टाचारीहरूलाई मोबाइल फरम्याट गर्ने, लुक्ने, समाचार सुल्झाउने र योजनाबद्ध रूपमा सार्वजनिक हुने मौका कसले दिन्छ ?’ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

‘भ्रष्टाचारीहरूलाई मोबाइल फरम्याट गर्ने, लुक्ने, समाचार सुल्झाउने र योजनाबद्ध रूपमा सार्वजनिक हुने मौका कसले दिन्छ ?’


१ जेष्ठ २०८०, सोमबार


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरूले योजनाबद्ध रूपमा सार्वजनिक हुने मौका पाइरहेको बताएका छन् ।

प्रतिनिधिसभामा सोमबार आकस्मिक समय लिएर झाले भने, ‘हाम्रो देशमा ठूलो अपराध, देशद्रोही र भ्रष्टाचारको विषय छ। शंकास्पदहरुको नाम आउँछ। उनीहरूलाई आफ्नो मोबाइल फरम्याट गर्ने, लुक्ने, समाचार सुल्झाउने र योजनाबद्ध रूपमा सार्वजनिक हुने मौका पाइराखेका छन्। केही त फरार पनि छन रे । यस्तो किन हुन्छ ?’

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई प्रभाव पार्ने व्यवहार र वातावरण हुन नहुने उनले माग गरेका छन् । प्रमुख तीन राजनीतिक दल काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले तारन्तर भेटिरहेको भन्दै उनले यसमा पनि प्रश्न उठाएका छन् ।

उनले भने, ‘मुलुकमा कुनै विपत्ति आउँदा वा अन्तराष्ट्रिय सम्बन्धका कुनै विषय हुँदा राजनीतिक दलका शीर्ष नेताहरू तारन्तर बस्नु स्वभाविक हो तर अहिले त्यस्तो अवस्था रहेको छैन । यसमा ठुला राजनीतिक दलहरूको ध्यानाकर्षण हुनु पर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस