बागमती प्रदेशको बजेट अधिवेशन ९ जेठदेखि सुरु हुने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

बागमती प्रदेशको बजेट अधिवेशन ९ जेठदेखि सुरु हुने


३१ बैशाख २०८०, आइतबार


काठमाडौँ । बागमती प्रदेशको बजेट (बर्खे)अधिवेशन आउँदो ९ जेठदेखि सुरु हुने भएको छ ।

प्रदेश सरकारको आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ९ जेठको दिउँसो १ बजेका लागि बजेट अधिवेशन सुरु हुने गरी आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गरेको छ ।

अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि शिक्षा स्वास्थ्य तथा भौतिक संरचना विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिएका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस