२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशकै उत्कृष्ट बन्यो जिल्ला अस्पताल बैतडी 

अ+ अ-

काठमाडौँ । जिल्ला अस्पताल बैतडी देशकै उत्कृष्ट अस्पताल बनेको छ। स्वास्थ्य मन्त्रालयले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धमा अनुगमन तथा मूल्याङ्कन गर्दा ९५ प्रतिशत अङ्कसहित देशकै उत्कृष्ट अस्पताल बनेको हो। 

यही वैशाख ३० र ३१ गते क्षेत्रीय स्वास्थ्य निर्देशनालय र निक साइमन इन्स्टिच्युट (एनएसआई)ले जिल्ला अस्पताल बैतडीको अनुगमन तथा मूल्याङ्कन गरेको थियो। 

सो क्रममा बैतडी जिल्ला अस्पतालले केही नमुना अभ्याससहित सर्वाधिक अङ्क प्राप्त गरेर देशकै उत्कृष्ट अस्पताल बनेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका डा. नीराजन श्रेष्ठले बताए। 

गत वर्ष ८९ प्रतिशत अङ्क प्राप्त गरेको अस्पतालले यो वर्ष ६ प्रतिशत सुधार गर्दै ९५ प्रतिशत अङ्क प्राप्त गरेको हो। अस्पतालले प्रदान गर्ने सेवा, अस्पतालभित्रका प्राविधिक सुविधा, जनशक्ति व्यवस्थापन, भौतिक अवस्थाजस्ता सूचकका आधारमा मूल्याङ्कन गर्दै अङ्क प्रदान गरिन्छ। अस्पतालले गत वर्षदेखि नयाँ भवनबाट सेवा दिन सुरु गरेको थियो।

त्यसपछि जनशक्ति र व्यवस्थापनमा मिहिनेत गर्दा देशकै उत्कृष्ट अस्पताल बनेको अस्पताल प्रमुख डा। दीपेश श्रेष्ठले बताए। देशभरिका अस्पतालको अनुगमन तथा मूल्याङ्कनका क्रममा दमौली अस्पताल तनहुँले ९२ प्रतिशत अङ्क प्राप्त गर्दै दोस्रो र चौतारा अस्पताल सिन्धुपाल्चोकले ८९ प्रतिशत अङ्क ल्याएर तेस्रो भएको छ। 

अछाम अस्पताल र दैलेख अस्पतालले क्रमशः ८७ प्रतिशत र ८६ प्रतिशत अङ्क ल्याएर चौथो तथा पाँचौँ स्थान प्राप्त गरेका छन् । जिल्ला अस्पताल बैतडीमा परामर्श सेवा, छात्रवृत्ति करार सेवामा पाँचजना विशेषज्ञ डाक्टरसहित अहिले १३ जना कार्यरत रहेका छन्। 

त्यस्तै, १५ वटा बेडको सुविधा भएको अस्पतालमा ४९ बेड सञ्चालनमा रहेको डा। श्रेष्ठले बताए। देशभरिकै उत्कृष्ट अस्पताल भए पनि यहाँ टोकन प्रणाली लागू गर्ने, निःशुल्क औषधिहरूको लिस्ट राख्नेजस्ता सुझाव क्षेत्रीय निर्देशनालयले दिएको छ। 

जिल्ला अस्पताल बैतडीमा राम्रो सेवा पाएपछि सीमावर्ती भारतको पिथौरागढ उपचार गर्न जाने बिरामीको संख्यामा पनि कमी आएको छ। 

प्रतिक्रिया दिनुहोस