बुटवलमा नक्कली मह बनाउने ७ भारतीय पक्राउ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बुटवलमा नक्कली मह बनाउने ७ भारतीय पक्राउ


३१ बैशाख २०८०, आइतबार


काठमाडौँ । बुटवलमा नक्कली मह बनाउने ७ जना भारतीय नागरिक पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका वडा नं ११ सिर्जनानगरमा ४ वटा घर भाडामा लिएर नक्कली महको कारखाना खोलेका उनीहरूले नक्कली मह बनाएको आरोपमा पक्राउ परेका हुन् । 

ती व्यापारीले नेपाली ग्राहकमाथि गम्भीर खेलबाड गर्दै नक्कली मह कारखाना खोलेर सञ्चालन गरेको गोप्य सूचनाका आधारमा शनिवार राती ४ घण्टा प्रहरी र स्थानीयको पहलमा गस्ती गरेर पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका व्यापारीलाई राती १ बजे वडा प्रहरी कार्यालय रामनगर लगेर छाडिएको छ । सिर्जना नगरका ७ वटा घरमा सञ्चालन गरिएको यस्तो कारखानाबाट नक्कली मह बरामद गरिएको हो । बुटवलका अन्य ठाउँमा पनि यसरी नै नक्कली मह तयार पारी बिक्री गरिएको हुन सक्ने आशङ्का गरिएको छ । 

उनीहरूले मौरीका सडे गलेका चाकालाई चिनीपानीमा भिजाएर सक्कली मह भन्दै बजारमा बेच्ने गरेको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस