अब कसैले पनि स्वास्थ्योपचार नपाई मृत्युवरण गर्न पर्दैन : स्वास्थ्यमन्त्री  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

अब कसैले पनि स्वास्थ्योपचार नपाई मृत्युवरण गर्न पर्दैन : स्वास्थ्यमन्त्री 


३० बैशाख २०८०, शनिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कसैले पनि स्वास्थ्योपचार नपाई मृत्युवरण गर्न नपर्ने बताएका छन्।

हेलम्बु-३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

गरिबले अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

साथै गरिबका छोराछोरीले निःशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाउने र जिल्लाको बाह्रबिसे नगरपालिकाबाट सुरु भइसकेको पनि उनले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस