सदर चिडियाखानाका बाघ ‘फास्टिङ’मा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सदर चिडियाखानाका बाघ ‘फास्टिङ’मा


३० बैशाख २०८०, शनिबार


काठमाडौँ ।  जावलाखेलमा रहेको सदर चिडियाखानाले बाघको सङ्ख्या धेरै भएपछि बाघलाई हप्तामा एक दिन व्रत राख्न थालेको छ ।

सङ्ख्या थपिँदै जाँदा आर्थिक भार थपिएकाले प्रत्येक शनिवार बाघलाई व्रत अर्थात् ‘फास्टिङ’मा राख्ने गरेको र शनिवार बाघले पानी मात्र पाउने सदर चिडियाखानाले जनाएको छ ।  

ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा चारवटा भाले र दुईवटा पोथी गरी जम्मा छ वटा बाघ राखिएको छ । 

एउटा बाघलाई प्रतिदिन पाँच केजीका दरले राँगाको मासु खुवाउनुपर्दा प्रतिवर्ष करिब ५६ लाख १६ हजार रुपैयाँ खर्च आउने सदर चिडियाखानाको भनाई छ ।  

अहिले चिडियाखानामा १८ वर्षको बाङ्गे बाघ, १३ वर्षको महाराजा बाघ, १२ वर्षको बगौरा बाघ, ९ वर्षको प्रताप बाघ, ८ वर्षको जगती (पोथी) बाघ र ५ वर्षको महारानी (पोथी) बाघसहित जम्मा ६ वटा बाघ छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस