२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्नाटकमा १३५ भन्दा बढी क्षेत्रमा कंग्रेसले लियो अग्रता 

अ+ अ-

काठमाडौँ । कर्नाटकमा कंग्रेसको बहुमत ल्याउने सम्भावना क्रमशः बढ्दै गएको छ। 

मध्याह्नसम्म ११४ स्थानमा अग्रता लिइरहेको अवस्था सुधार गर्दै अपराह्नसम्म कंग्रेसले झन्डै १३८ क्षेत्रमा अग्रता कायम गरेको छ।

 केही क्षेत्रबाट कंग्रेसका उम्मेदवारहरू निर्वाचित समेत भइसकेका छन्। 

टाइम्स अफ इन्डियाका अनुसार अपराह्न तीन बजेसम्म कंग्रेस १३६ स्थानमा अगाडि छ। कंग्रेसका  नेताहरूले कम्तिमा पनि १३३  सिट जित्ने दाबी गरेका छन्। 

प्रारम्भिक चरणको मतगणनामा ७९ क्षेत्रमा अग्रता लिएको सत्तारूढ भारतीय जनता पार्टी अपराह्नसम्म केबल ६५ स्थानमा मात्रै अगाडि छ।

अर्को दल जनता दल सेक्युलर ९जेडिएस० १९ क्षेत्रमा अगाडि देखिँदा चार स्थानमा अन्य दलका उम्मेदवारले अग्रता लिएका छन्। 

अघिल्लो निर्वाचनमा १०४ सिट जितेको भाजपा यसपटक नमिठो हार बेहोर्ने र कंग्रेसको ऐतिहासिक पुनरागमन हुने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

कर्नाटकाको मतगणना जारी रहँदा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले समेत कंग्रेसलाई बधाई दिएका छन्। उनीहरूले यसलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हार भनेका छन्। 

‘कर्नाटकाको मतपरिणाम हामीले अपेक्षा गरेजस्तै आयो। यो मोदीको हार हो,’छत्तिसगढका मुख्यमन्त्री भुपेश बाघेलले टाइम्स अफ इन्डियालाई भनेका छन्। 

कर्नाटकाका बहालवाला मुख्यमन्त्री बासवराज बोम्माईले मतगणनाको सम्पूर्ण परिणाम आइसकेपछि विश्लेषण मात्र नभई कहाँ र किन कमीकमजोरी भयो त्यसको समीक्षा हुने बताएका छन्। 

भाजपाका नेता बिएस यदियुरप्पाले हार जित भाजपाका लागि नयाँ नरहेको बताएका छन्।  उनले मतपरिणामबाट कार्यकर्तालाई निराश नहुन भनेका छन्। 

भारतीय कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले कर्नाटकका सम्पूर्ण जनतालाई धन्यवाद ज्ञापन गरेका छन्। ‘अब हाम्रो चुनावी घोषणापत्र कार्यान्वयन गर्छौँ,’ खड्गेले टाइम्स अफ इन्डियासँग भनेका छन्। 

कर्नाटका यस्तो राज्य हो जहाँ सन् १९७० पछि कुनै पनि पार्टीले लगातार दुई वटा चुनावमा बहुमत ल्याउन सकेका छैनन्। कर्नाटका नै यस्तो राज्य हो जहाँ पाँच वर्षअघि पहिलो पटक भारतीय जनता पार्टीले आफ्नो सरकार बनाएको थियो।

हिन्दुत्वको नाराले उत्तरी भारतमा लोकप्रियता कमाएको भाजपा दक्षिणी भारतका अरू राज्यहरूमा भने सरकार बनाउन सकेको छैन।

सन् २०१८ को चुनावपछि सबैभन्दा ठूलो दल बनेपछि भाजपाले कर्नाटकामा आफ्नो नेतृत्वमा सरकार बनाएको थियो। त्यतिबेला कुनै पनि पार्टीको बहुमत आएको थिएन।

भाजपाले २२४ मध्ये १०४ सिट जितेर सबैभन्दा ठूलो पार्टी बनेको थियो। भाजपाका बासभराज बोम्माई मुख्यमन्त्री बनेका थिए।

कर्नाटकाको  सत्तामा पुनरागमन हुनुको महत्त्व कंग्रेसका लागि त्यो राज्यमा मात्र सीमित हुने छैन। यही वर्ष छत्तीसगढ, मध्यप्रदेश, मिजोरम, राजस्थान र तेलंगनामा विधान सभाको चुनाव हुँदैछ। छत्तीसगढ र राजस्थानमा कंग्रेसको सरकार छ। ती राज्यमा आफ्नो सरकार जोगाएर अन्त पनि बहुमत ल्याउन कंग्रेसलाई कर्नाटकाको जितले हौसला दिनेछ।

त्योसँगै अर्को वर्ष हुने आम निर्वाचनका लागि पनि कर्नाटकाको चुनावले अर्थ राख्नेछ। भारतमा अहिले कंग्रेस यति धेरै कमजोर भएको छ कि अरू दलहरूले उसको नेतृत्वमा विपक्षी गठबन्धन बनाउन पनि आनाकानी गरिरहेका छन्।

कर्नाटकाको सत्तामा फर्किएपछि भाजपासँग भिड्न सक्ने शक्ति अझै पनि कंग्रेस नै हो भन्ने सन्देश जानेछ।

कर्नाटकामा लोकसभाका २८ सिट छन्।

प्रतिक्रिया दिनुहोस