भारतबाट अवैध रूपमा भित्र्याइएको मल रौतहटमा बरामद « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भारतबाट अवैध रूपमा भित्र्याइएको मल रौतहटमा बरामद


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । भारतबाट अवैधरुपमा नेपाल भित्र्याई रौतहटको राजपुर नगरपालिका-५ स्थित स्कुल चोकका विभिन्न स्थानमा भण्डारण गरिएका झण्डै एक हजार बोरा युरिया मल प्रहरीले बरामद गरेको छ ।

अवैध रूपमा भित्र्याइएको मल शुक्रबार जिल्ला प्रहरीको टोलीले छापा मारी नियन्त्रणमा लिएको हो । मल नियन्त्रणमा लिई अनुसन्धान तथा कारबाहीको लागी गौर भन्सार कार्यालय ल्याउन लाग्दा स्थानीयले अवरोध गरेपछि केहीबेर स्थिति तनावपूर्ण बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।

जिल्लाबाट प्रहरी निरीक्षक दिनेश कुँवरसहितको टोलीले राजपुरस्थित स्कुल चोक नजिकका एक घरमा लुकाई राखेको अवस्थामा एक हजार बढी युरिया मल बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मल धनीबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । प्रहरीको टोलीले केही मल सदरमुकाम गौर ल्याइसकेको छ । अरु ल्याउने क्रममा बाटोमा आगो बालेर स्थानीयले रोक्ने प्रयास गरेका हुन् । त्यसपछि स्थानीयले प्रहरीमाथि ढुगांमुढा गर्न थालेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस