२०८४ को चुनावमा पहिलो शक्ति बन्ने गरी कार्यक्रम घोषणा गर्दै एमाले « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

२०८४ को चुनावमा पहिलो शक्ति बन्ने गरी कार्यक्रम घोषणा गर्दै एमाले


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेले २०८४ को चुनावमा पहिलो शक्ति बन्ने गरी पार्टी परिचालनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

बिहीबारदेखि चलिरहेको केन्द्रीय कमिटी बैठकबारे जानकारी दिँदै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले त्यसबारे सुझाव माग्न ८ वटा समूह बनाएर छलफल भइरहेको बताए ।

आगामी एक वर्षका कार्ययोजनाबारे महासचिव शङ्कर पोखरेलले मार्गदर्शन पेस गरेको समेत रिजालले जानकारी दिए। 

बिहीबार एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो । समूहगत छलफल सकिएपछि अहिले वार्षिक कार्ययोजनाबारे सुझाव लिने काम भइरहेको रिजालले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस