पूर्वसांसद बस्नेतको निधन, काँग्रेसले ३ दिन पार्टी झन्डा आधा झुकाउने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पूर्वसांसद बस्नेतको निधन, काँग्रेसले ३ दिन पार्टी झन्डा आधा झुकाउने


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसले पूर्वसांसद पुरुषोत्तम बस्नेतको निधनमा पार्टीको झन्डा आधा झुकाउने भएको छ।

केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा वैशाख २९, ३० र ३१ गते पार्टी कार्यालयमा झन्डा आधा झुकाइने भएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार वैशाख ३१ गते आइतबार केन्द्र तथा जिल्लाका सबै कार्यालयहरू बन्द पनि हुने छन् । १३ औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने कार्यक्रम छ ।

७८ वर्षीय बस्नेतको आज बिहान ४ बजे सिफल हाइट काठमाडौँमा निधन भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस