‘पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुनुस्’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुनुस्’


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन आग्रह गरेका छन्। 

भ्रष्टाचारविरुद्ध सबै नेपाली नागरिक एकजुट हुनुपर्नेमा जोड दिँदै लामिछाने वैशाख ३० गते राजधानीमा आयोजित भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन आग्रह गरेका हुन् ।

राम्रो काम जसले गरे पनि सघाउनु पर्ने धारणा राख्दै रविले देशभर यस्ता कार्यक्रम जहाँ जसले गरे पनि पार्टीको झण्डा, नारा नबोकी रास्वपा समर्थकहरू सकेसम्म सहभागी हुन आग्रह गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘भ्रष्टाचार यो देशको साझा दुश्मन हो।त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यही कार्यक्रममा सहभागी हुदैछु। राम्रो काम जसले गरे पनि सघाउनु पर्छ।देश भर यस्ता कार्यक्रम जहाँ जसले गरे पनि पार्टीको झण्डा,नारा नबोकी रास्वपा समर्थकहरू सकेसम्म सहभागी हुनु होला।’

Tags :
प्रतिक्रिया दिनुहोस