एमालेको स्थायी कमिटी बैठक स्थगित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमालेको स्थायी कमिटी बैठक स्थगित


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

जारी केन्द्रीय कमिटी बैठकका बीचमा बस्ने भनिएको स्थायी कमिटी बैठक भोलिका लागि सारिएको हो । आज प्रतिवेदन पेश गर्ने क्रम लम्बिएकाले शनिबार बिहान मात्रै स्थायी कमिटी बैठक बस्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

शुक्रबारको बैठकमा दुई वटा भौगोलिक र दुई वटा गैर भौगोलिक प्रदेश कमिटीले ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पेश गर्ने उनले जानकारी दिए । उपमहासचिव ज्ञवालीका अनुसार आज बागमती, गण्डकी, सम्पर्क समन्वय र उपत्यका विशेष कमिटीले ग्रास रुट अभियानको समीक्षा प्रतिवेदन प्रस्तुत गर्नेछन ।

आठ समूहमा केन्द्रीय सदस्यले छुट्टछुट्टै मिसन ग्रासरुट अभियानको समीक्षा गर्ने छन् । सात प्रदेश र एक गैर भौगोलिक समूह बनाइको छ । समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले निष्कर्षसहित सुझाव प्रस्तुत गर्नेछन्।

समूहगत छलफलबाट आउने निष्कर्षलाई आधार मानेर प्रदेश कमिटी अध्यक्षले आजै वार्षिक कार्य योजना प्रस्तुत गर्ने बताइएको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी बैठक यही वैशाख ३० गतेसम्म चल्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस