परराष्ट्रमन्त्री साउद आज बंगलादेश जाँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

परराष्ट्रमन्त्री साउद आज बंगलादेश जाँदै


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद आज बंगलादेश जाँदै छन् । उनी ‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स २०२३’ सहभागी हुन बंगलादेशको राजधानी ढाका प्रस्थान गर्न लागेका हुन् ।

बेलायतका राजा चार्ल्स तृतियको राज्याभिषेकमा सहभागी भएर बुधबार मात्र स्वदेश फर्केका परराष्ट्रमन्त्री साउद आज बिहान ११ बजे ढाका जान लागेका हुन् ।

भारतीय विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामा हुने सम्मेलन दुई दिनसम्म चल्नेछ ।

त्यस अवधिमा परराष्ट्रमन्त्री साउदले भारतीय विदेशमन्त्री एस. जयशंकर र बंगलादेशी राष्ट्रपति शेख हसिनासँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको उनको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस