ए डिभिजन लिग : आज तीन खेल हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ए डिभिजन लिग : आज तीन खेल हुँदै


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई र एन्फा कम्प्लेक्स सात दोबाटोमा एक खेल हुने छ।

दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा सङ्कटा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। सङ्कटा १६ खेलबाट २० अङ्क जोडेर दशौँ स्थानमा छ भने पुलिस समान खेलबाट १६ अङ्कसहित तालिकाको अन्तिम स्थान अर्थात् ‘रेलिगेसन जोन’मा छ।

दशरथ रङ्गशालामै साँझ ६ बजे न्यूरोड टिम एनआरटी र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ। एनआरटी १६ खेलबाट १८ अङ्कसहित १२औँ स्थानमा रहँदा खुमलटार समान खेलबाट १७ अङ्कसहित १३औँ स्थान अर्थात् रेलिगेसन जोनमै छ ।

दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ। १६ खेलबाट २० जोडेको हिमालयन शेर्पा नवौँ स्थानमा र समान खेलबाट समान २० अङ्क जोडेको मनाङ आठौँ स्थानमा छन्।

३० अङ्क जोडेर जावलाखेल युथ शीर्ष स्थानमा रहँदा समान अङ्क जोडेको चर्च ब्वाइज दोस्रो स्थानमा छ।

Tags :
प्रतिक्रिया दिनुहोस