२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ श्रम गन्तव्यको खोजीमा वैदेशिक रोजगार मेला गर्ने तयारी

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीमा जानेका लागि नयाँ श्रम गन्तव्यको खोजी गर्ने विषयमा छलफल सुरु गरेको छ।

बोर्ड सचिवालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच बिहीबार भएको छलफलले खाडी र मलेसियामा केन्द्रित श्रम बजारलाई युरोपलगायत मुलुकमा विस्तार गर्न वैदेशिक रोजगार मेला आयोजना गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको हो।

बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले अन्तर्राष्ट्रिय श्रम बजारको अध्ययन गर्ने गराउने र नयाँ अन्तर्राष्ट्रिय श्रम बजारको खोजी गर्ने गराउने वैदेशिक रोजगार ऐनमा भएको व्यवस्थाबमोजिम नयाँ श्रम गन्तव्य मुलुकको खोजी गर्न लागिएको जानकारी दिए।

प्रत्येक वर्ष झन्डै पाँच लाखको हाराहारीमा नेपाली श्रम शक्ति वैदेशिक रोजगारीमा जाने गरेको वर्तमान अवस्थामा युरोप, क्यानडा लगायत मुलुकमा रोजगारीको दायरा विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ।

बोर्डका निर्देशक सीता दुवाडीले नेपाली श्रमिकका लागि श्रमको नयाँ क्षेत्र र मुलुकको खोजी भइरहेको जानकारी दिइन्। नयाँ क्षेत्र पहिचानका लागि युरोपेली मुलुकमा रहेका दूतावास, गैरआवासीय नेपाली र सरोकारवाला पक्षसँग छलफल गरिने उनले बताइन्।

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले परम्परागत रूपमा खाडी मुलुकमा जाने ८० प्रतिशत श्रम शक्तिलाई नयाँ गन्तव्य मुलुकमा ‘सिफ्ट’ गर्न आवश्यक रहेको बताए।

पूर्वी युरोप लगायत मुलुकमा ठूलो संख्यामा जान रू गरेका नेपाली श्रमिकलाई संस्थागत रूपले पठाउने सवालमा द्विपक्षीय सम्बन्ध विस्तारमा सरकारले जोड दिनुपर्ने धारणा उनले राखे।

प्रतिक्रिया दिनुहोस