सुझाव लिन हेटौँडा उपमहानगरले गर्‍यो क्युआर कोड सार्वजनिक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुझाव लिन हेटौँडा उपमहानगरले गर्‍यो क्युआर कोड सार्वजनिक


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाले नगरबासीको सुझाव तथा सल्लाह सङ्कलनका लागि बिहीबार क्युआर कोड सार्वजनिक गरेको छ । 

उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट, नीति तथा कार्यक्रमहरू तय गर्नका लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले क्युआर कोड सार्वजनिक गरेको हो । 

उपमहानगरपालिकाले निर्माण गरेको क्युआर कोड प्रत्येक वडा कार्यालय, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र साथै उपमहानगरपालिकाको फेसबुक पेज र ट्विटर एकाउन्टमार्फत सार्वजनिक गरिएको हो ।

उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले आगमी वर्षको बजेट, नीति तथा कार्यक्रमका निर्माणका क्रममा उपमहानगरपालिकाले सर्वसाधरणलाईसमेत समेट्ने उद्देश्यले क्युआर कोड सार्वजनिक गरेको बताइन् । 

उनले उपमहानगरमा विभिन्न चरणमा विषयगत समिति, शाखा, महाशाखागत रूपमा छलफल भइरहेको जानकारी दिँदै नगरवासीले समेत सुझाव प्रदान गरी समृद्ध र विकसित उपमहानगर बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले क्युआर कोड सार्वजनिक गर्दै नगरवासीहरूलाई सहभागी हुन अनुरोध गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस