काम नगर्ने कृषि मन्त्रालय विघटन गरौँ : रमेशजंग रायमाझी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काम नगर्ने कृषि मन्त्रालय विघटन गरौँ : रमेशजंग रायमाझी


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले कृषि मन्त्रालय विघटन गर्नुपर्ने बताएका छन् ।

बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ८५ प्रतिशत तरकारी बाहिरबाट आयात गर्नुपर्ने र खाद्यान्न पनि ठूलो मात्रामा विदेशबाट आयात गर्नुपर्ने स्थिति राखिराख्ने हो भने कृषि मन्त्रालयको आवश्यकता नरहेको जिकिर गरे ।

“कृषि मन्त्रालयको विघटन गर्नुपर्ने जस्तो देखेँ मैले, तरकारी पनि ८५ प्रतिशत बाहिरबाट ल्याउनुपर्ने, खाद्यान्न पनि बाहिरबाट ल्याउने हो भने यो मन्त्रालयको के काम छ ?,” उनले भने ,

उनले आवश्यक कामको पूर्ति गर्न नसक्ने हो भने मन्त्रालय बनाइरहनुको कुनै औचित्य नरहने बताए । कृषि मन्त्रालय सबैभन्दा धेरै मन्त्रीहरू परिवर्तन भइरहने मन्त्रालय रहेको उल्लेख गर्दै उनले किसानलाई बालीनालीका लागि असारमा चाहिने मल बाली पाक्ने बेलामा ल्याउनुको औचित्य मन्त्रालयले पुष्टि गर्न सक्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस