छात्रा आत्महत्या प्रकरणमा चितवन मेडिकल कलेजका २ शिक्षक निलम्बित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

छात्रा आत्महत्या प्रकरणमा चितवन मेडिकल कलेजका २ शिक्षक निलम्बित


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी एक छात्राले आत्महत्या गरेको प्रकरणमा चितवन मेडिकल कलेजले दुई शिक्षकलाई निलम्बन गरेको छ ।

वुधबार दिउँसो परीक्षा दिइरहेकी पाल्पा रामपुर नगरपालिका–४ स्थायी घर भएकी २३ वर्षीया सिम्रन थापालाई कलेजका शिक्षकले चिट चोरेको भन्दै परीक्षा हलबाट निकालेका थिए ।

परीक्षा हलबाट निकालिएकी थापाले भरतपुर-१०मा रहेको भाडाको घरको कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी थिइन्।

विद्यार्थीहरूले शिक्षकले तनाव दिएको र सो तनावकै कारण आत्महत्या गरेको आरोप लगाएका छन्। घटनाको विषयलाई लिएर विद्यार्थीहरूले डेन्टलको ओपिडी सेवा बन्द गरेका थिए ।

कलेजले घटनाको निष्पक्ष छानबिनका लागि जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरेको र अनुसन्धानलाई सहजीकरण गर्न तथा विद्यार्थीहरूको मागलाई मध्यनजर गरेर दुई शिक्षकलाई निलम्बन गरेको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस