१ हप्ताभित्र लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न दलहरूलाई आयोगको निर्देशन « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

१ हप्ताभित्र लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न दलहरूलाई आयोगको निर्देशन


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ । 

आयोगले कानुनबमोजिम आयोगमा लेखा परीक्षण प्रतिवेदन बुझाइसकेका ८२ राजनीतिक दललाई एक हप्ताभित्र प्रतिवेदन सार्वजनिक गर्न र त्यसको जानकारी आयोगलाई गराउन निर्देशन दिएको हो ।

दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम वा सामाजिक सञ्जालका माध्यमबाट प्रतिवेदन सार्वजनिक गरी सार्वजनिक गरेको मितिले सात दिनभित्र आयोगमा पेस गराउनुपर्ने आयोगले जनाएको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा राजनीतिक दलहरूलाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको उल्लेख छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुनबमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । आयोगले निरन्तर दुई आर्थिक वर्षसम्म प्रतिवेदन पेस नगर्ने राजनीतिक दललाई त्यस्तो प्रतिवेदन पेस नगर्नुको कारण सोधेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस