नवनियुक्त शाखा अधिकृतहरूद्वारा प्रधान कार्यालयको स्थलगत अवलोकन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नवनियुक्त शाखा अधिकृतहरूद्वारा प्रधान कार्यालयको स्थलगत अवलोकन


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा नेपाल सरकारका नवनियुक्त शाखा अधिकृतहरूको लागि सञ्चालन भइरहेको “आधारभूत प्रशासनिक प्रशिक्षण” का प्रशिक्षार्थीहरुले वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण गरेका छन् । 

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्का र सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बमले प्रशिक्षार्थी अधिकृतहरूलाई सशस्त्र प्रहरी बल नेपालको परिचय, काम, कर्तव्य, अधिकार र परिचालन लगायतका विविध विषयमा प्रस्तुतीकरण गरेका छन् ।

सो अवसरमा सशस्त्र प्रहरी बल नेपालको सांगठानिक संरचना, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको परिचालन, सीमा सुरक्षा, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, अन्य सुरक्षा निकायहरुसगँको समन्वय र सहकार्य लगायतका विविध विषयमा प्रशिक्षक तथा प्रशिक्षार्थी अधिकृतहरूले राखेका जिज्ञासाहरूको बारेमा समेत उनीहरूले प्रस्ट पारेका थिए । 

सोही क्रममा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा ल्याएको सामाग्री, प्रधान कार्यालयस्थित सङ्ग्रहालय र केन्द्रीय समन्वय कक्षको अवलोकन गर्नुका साथै सो कक्षले हाल प्रयोगमा ल्याइरहेको सूचना तथा सञ्चार प्रविधिबारे समेत प्रशिक्षार्थी अधिकृतहरूले जानकारी लिएका छन् । 

सो टोलीमा १ जना प्रशिक्षक तथा २४ जना प्रशिक्षार्थी अधिकृतहरू गरी कुल २५ जनाको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस