जेठमा निक्षेपको ब्याजदर यथावत रहने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जेठमा निक्षेपको ब्याजदर यथावत रहने


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । जेठमा बैङ्कहरूले निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । बिहीबार बसेको बैंकर्स सङ्घको कार्यकारी समितिको बैठकले जेठमा ब्याजदर यथावत राख्ने निर्णय गरेको हो ।

वैशाखमा निक्षेपको ब्याजदर घटाएर एकल अङ्कमा झारीसकेको र निक्षेपमा उल्लेख्य सुधार नभएकोले जेठमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय भएको सङ्घका एक कार्यकारी सदस्यले बताए । 

बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता कमी हुँदै जाँदा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशसम्म पुर्‍याएको थियो । गत माघमा घटाएर ११ प्रतिशतमा झारेकोमा वैशाखदेखि ९.९९ प्रतिशतमा झारेको छन् । यस्तै संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत छ भने बचतको ब्याजदर ५.४ प्रतिशत देखि ७.४ प्रतिशत कायम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस