काठमाडौँ । बागलुङको बागलुङ नगरपालिकामा ९३ प्रतिशत योजना सम्झौता भएका छन्। चालू आर्थिक वर्षको वैशाखसम्म नगरपालिकाभित्रका ९३ प्रतिशत योजना सम्झौता भई कार्यान्वयनको पक्षमा रहेका छन्।
आर्थिक वर्ष ०७९–८० मा भौतिक पूर्वाधारतर्फ नगरपालिकामा कुल ६ सय ६० योजना थिए, जसअन्तर्गत ६ सय नौ योजना सम्झौता भई कार्यान्वयनको पक्षमा रहेको नगरपालिकाले जनाएको छ। सम्झौता भएका योजनामध्ये झन्डै ५५ प्रतिशत अर्थात् तीन सय ३० योजना सम्पन्न भइसकेको जनाइएको छ। नगरपालिकामा तीन सय ३० योजना कार्यान्वयन हुन बाँकी छन्, जसमा ५१ वटा योजना सम्झौता नै हुन सकेका छैनन्।
नगरपालिकाले गत साउनदेखि नै वडा तहमा योजना सम्झौता गरेर कार्यान्वयनको पक्षलाई अगाडि बढाएको थियो। मंसिर मसान्तभित्र सम्झौता भएका योजना मात्र अहिले कार्यान्वयनको पक्षमा रहेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले आर्थिक विकासतर्फ कृषि विकासमा जम्मा ६६.६६ प्रतिशत योजना सम्झौता गरेको छ। जसमा २२.७२ प्रतिशत योजना सम्पन्न भएका छन्। कुल ३३ वटा योजनामा पाँचवटा मात्र सम्पन्न भएको नगरपालिकाले जनाएको छ।