सर्लाहीमा टाउको र शरीर छुट्टिएको अवस्थामा शव फेला « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सर्लाहीमा टाउको र शरीर छुट्टिएको अवस्थामा शव फेला


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । सर्लाहीको हरिपुर्वामा बीभत्स अवस्थामा एक भारतीय नागरिकको शव फेला परेको छ।

बुधबार साँझ हरिपुर नगरपालिका–१ पथरा पुलबाट पाँच सय मिटरको दूरीमा बीभत्स अवस्थामा भारतीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार झाडीमा टाउको र शरीर छुट्टिएको अवस्थामा भारतको सीतामढी ग्रामपञ्चायत सोनवर्षा वडा नम्बर-९, बस्ने अन्दाजी २८ वर्षका सिकु भनिने शेखर सुमनको शव फेला परेको हो।

बीभत्स अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले २५ मिटरको दूरीमा मृतकको टाउको र शरीर अलग गरिएको फेला पारेको हो। शव परीक्षणका लागि मलंगवास्थित प्रादेशिक अस्पताल पुर्‍याइएको छ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस