एमाले केन्द्रीय कमिटी बैठक बस्दै « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

एमाले केन्द्रीय कमिटी बैठक बस्दै


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको चौथो बैठक आज बस्दै छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशको कार्य योजना, केन्द्रीय सदस्यको कार्य विभाजन, पार्टी प्रवेशीको व्यवस्थापनलगायत १० कार्यसूचीबारे छलफल हुनेछ ।

गत वर्ष मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । बैठक यही वैशाख ३० गतेसम्म चल्ने छ । प्रचार विभागका उपप्रमुख रिजालका अनुसार बैठकमा केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्बित) सदस्य, चार केन्द्रीय निकायका अध्यक्ष र नौ प्रदेश कमिटी अध्यक्ष(दुई गैरभौगोलिक) सहभागी हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस