जनताले औँला नउठाउने गरी काम गर्ने मुख्यमन्त्री पाण्डेको दाबी  « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

जनताले औँला नउठाउने गरी काम गर्ने मुख्यमन्त्री पाण्डेको दाबी 


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले औँला नउठाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली काँग्रेस कास्कीले बुधबार पोखरामा गण्डकी प्रदेश सदस्यमा गठबन्धनका तर्फबाट निर्वाचित मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभा सदस्यको सम्मानमा आयोजित शुभकामना तथा बधाई कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सो धारणा राखेका हुन्।

उनले भर्खरै सम्पन्न उपनिर्वाचनको परिणामले पुरानो राज्य संरचनाबाट गरिने कामकारबाही अब काम नलाग्ने देखाएको उल्लेख गरे।

जनताको शिर उठ्ने गरी काम गर्न जरुरी रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले अब पनि ठूला दल नयाँ ढङ्गबाट अगाडि बढेनन् भने आगामी निर्वाचनमा जनताले विश्वास नगर्ने तर्क गरे।

गण्डकी प्रदेश सरकारले एक दुई दिनमै पूर्णता पाउने बताउँदै उनले काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबाट मन्त्री बन्ने र १–२ दिनभित्र मन्त्री नियुक्त गरिने बताए। 

गण्डकी प्रदेशले कृषि, उद्योग, शिक्षा तथा स्वास्थ्य, पर्यटन तथा सिँचाइलाई प्राथमिकतामा राखेको र निर्वाचनमा गाउँमा जाँदा गरिएका प्रतिबद्धता पूरा गर्ने भनाइ उनको छ।

Tags :
प्रतिक्रिया दिनुहोस