सङ्घ र प्रदेशको मन्त्रालय संख्या घटाउनु पर्छ : पृथ्वी सुब्बा गुरुङ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सङ्घ र प्रदेशको मन्त्रालय संख्या घटाउनु पर्छ : पृथ्वी सुब्बा गुरुङ


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । एमालेका सांसद पृथ्वी सुब्बा गुरुङले सङ्घ र प्रदेशमा मन्त्रालयको संख्या घटाउनुपर्ने माग राखेका छन्।

बुधवारको प्रतिनिधिसभा बैठकमा बजेट पूर्वको छलफलमा भाग लिँदै सांसद गुरुङले संघमा मन्त्रालयको संख्या घटाएर १२ देखि १५ वटा मन्त्रालय बनाउनुपर्ने बताएका हुन्।

उनले भने, ‘सङ्घको मन्त्रालय १२ देखि १५ राखौँ। त्यसले पनि धेरै फजुल खर्च अन्त्य हुन्छ। सङ्घ सरकारअन्तर्गत जति पनि विभागहरू छन् ती विभागहरूलाई घटाएर हामीले १५ वटामा झारौँ। यति भयो भने धेरै फजुल खर्च घट्छ। संविधान संशोधन गरेर भए पनि यो अनावश्यक बोझ हटाऔँ। फजुल खर्चबाट मुक्त गरेर अगाडि बढायो भने जनतालाई एउटा विश्वास हुन्छ।’

प्रदेशमा मन्त्रालयको संख्या ७ वटा कायम गर्नुपर्ने उनको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस