काठमाडौँ । सरकारले चार जना सचिव(विशिष्ट श्रेणी)को सरुवा गरेको छ । मङ्गलवार(हिजो) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले गृहलगायत चार जना सचिवको सरुवा गर्ने निर्णय गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार गृह सचिव विनोद प्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्दै गृह सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव दिनेश भट्टराईलाई पठाएको छ ।
यसैगरी शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यलाई राष्ट्रिय सतर्कता केन्द्रमा पठाउँदै त्यहाँका सचिव रवीन्द्र कुमार श्रेष्ठलाई शहरी सचिवमा सरुवा गरेको छ ।
सम्बन्धित समाचार : गृह सचिवको सरुवा, नयाँमा भट्टराई
त्यसै गरी वन तथा वातावरण मन्त्रालयका कायम मुकायम सचिव डा. रेवती रमण पौडेललाई सचिवमा बढुवा गर्दै सोही मन्त्रालयमा पदस्थापन गरेको छ ।
सम्बन्धित समाचार : डा. पौडेल सचिवमा बढुवा
पत्र केही बेरमा तयार हुँदैछ ।
पछिल्लो समय कर्मचारीको सरुवा प्रणाली भन्दा पनि इन्ट्रेस्ट ग्रुपबाट हुँदै आएको आरोप कर्मचारी वृत्तमा लाग्ने गरेको छ । कामको मूल्याङ्कन भन्दा पनि शक्तिकेन्द्र परिक्रमा गरेकै आधारमा र बाहिरी चलखेल ग्रुपहरुको सेटिङमा शक्तिशाली मन्त्रालयहरूमा सचिवहरूको सरुवा हुन लागेको सचिवहरूकै बिचमा कानेखुसी हुने गरेको छ ।
मन्त्रीहरूको सबैभन्दा विश्वासिलो पात्र भनेको सचिव नै भए पनि बाहिरी सल्लाहकार राख्दा कतिपय दुर्घटना व्यहोर्नुपरेको उदाहरण प्रशस्तै हुँदासमेत राजनीतिक वृत्तको घैँटोमा घाम लाग्न सकेको छैन भने यता सचिवका पनि सचिव मुख्यसचिवलेसमेत यसबारे अडान राख्न नसक्दा राजनीतिज्ञहरूले चलखेल गर्ने अवसर पाउँदै आएका छन् । जुन गलत हो ।