डा. पौडेल सचिवमा बढुवा  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डा. पौडेल सचिवमा बढुवा 


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । सरकारले सहसचिव डा. रेवती रमण पौडेललाई सचिवमा बढुवा गरेको छ । मङ्गलवार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार ब्युरोलाई बताए ।

उनी कायम मुकायम सचिवका रूपमा काम गरिरहेका थिए । 

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमबार(हिजो) बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिवत्रय सञ्जीवकुमार कर्ण, डा. रेवती रमण पौडेल र सवनम सिवाकोटीको नाम सिफारिस गरेको थियो । 

सम्बन्धित समाचार : एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, सवनमको मुद्दाले कर्णलाई चान्स !

पहिलो नम्बरमा सिफारिस कर्ण ‘वेल इक्यूप्ड मोबाइल भ्यान’ भ्रष्टाचार काण्डमा मुछिएका थिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका तत्कालीन महानिर्देशक कर्णसहित सबै १३ जनाले विशेष अदालतबाट सफाई पाए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फैसला त्रुटिपूर्ण रहेको भन्दै २०७९ कार्तिकमा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।

उनलाई बढुवा गरिहाल्दा विवाद आउन सक्ने भएकोले यसअघिको बढुवा सिफारिसमा पहिलो नम्बरमासमेत परेका र कायम मुकायमसमेत रहेका डा. पौडेललाई नै बढुवा गर्दा न्यायिक हुने देखिएकोले सो निर्णय गरेको एक मन्त्रीले बताए । यदि अहिले बढुवा नभएको अवस्थामा डा. पौडेल सहसचिवबाटै अनिवार्य अवकाशमा जाँदै थिए । उनको एक वर्ष मात्रै अवधि बाँकी छ । 

वन तथा वातावरण मन्त्रालयका सचिव पेम नारायण कँडेल अनिवार्य भएसँगै पाँच महिना बढीदेखि रिक्त एक प्राविधिक सचिव पदका लागि दोस्रो पटक तीन जना सहसचिवको नाम सिफारिस गरिएको थियो । पहिलो पटक ज्येष्ठताको विषयलाई लिएर मुद्धा परेसँगै लामो समय सचिव पद रिक्त रहँदै आइएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस